प्रदेश १ मा ८८ धान रोपाइँ सकियो

प्रदेश १ मा ८८ धान रोपाइँ सकियो

 

विराटनगर : प्रदेश १ मा आइतबार सम्ममा ८८ दशमलव ९३ प्रतिशत धान रोपाइँ भएको छ । यस प्रदेशमा हुँदै आएको जुट खेती काटेर बासमति धान रोप्ने चलन भएकोले बाँकी १० प्रतिशत रोपाइँ हुन साउन महिनाभरि लाग्ने गरेको हो । गत बर्ष यही अबधीमा ७१ दशमलव ७८ प्रतिशतमात्रै रोपाइँ भएको थियो ।

यस प्रदेशस्थित कूल धान खेती योग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जग्गामध्ये ३ लाख ३ हजार ९८ दशमलव ६२ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

तराईका २ लाख २५ हजार ८ सय हेक्टरमध्ये ९१ दशमलव ५५ प्रतिशत अर्थात् २ लाख ६ हजार ७ सय २०, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ८२ दशमलव ८२ प्रतिशत अर्थात् ७५ हजार २ सय ९२ दशमलव ८८ र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये ८७ दशमलव ४५ प्रतिशत अर्थात् २१ हजार ८५ दशमलव ७४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

सबभन्दा बढी सोलुखुम्बुमा ९६ प्रतिशत र सबभन्दा कम धनकुटामा ७५ प्रतिशतमात्रै रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतिले बताउनुभयो । झापामा ९४, ताप्लेजुङमा ९३, मोरङ, सुनसरी, भोजपुरमा ९०, उदयपुर र पाँचथरमा ८५, खोटाङ, ओखलढुंगा र संखुवासभामा ८३, इलाम र तेह्रथुममा ७८ प्रतिशत रोपाइँ भएको उप्रेतीले बताउनुभयो ।

सम्बन्धित खवर