रतुवामाईमा यसरी मनाइयो असान १५ (फोटो फिचर)

रतुवामाईमा यसरी मनाइयो असान १५ (फोटो फिचर)

 

इटहरा । आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइएको छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइने गरिन्छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

त्यस्तै मोरङको रतुवामाईमा पनि असार १५ मनाइएको छ । रतुवामाई बैदेशिक रोजगार समन्व्य समितिले नगरपालिकाको ९ नम्बर स्थित आँपडाडामा औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सव मनाएको हो । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

धान रोपाई कार्यक्रममा संस्थाका अध्यक्ष ठगेन्द्रप्रसाद न्यौपानेसहित रतुवामाई नगरपालिकाका प्रमुख रविन राई। उपप्रमुख दयन्ता चुडाल, नेकपा मोरङ जिल्ला कमिटी सचिव गणेश उप्रेती, साना किसान सहकारीका अध्यक्ष मेघनाथ शर्मा कट्टेल, पथरी साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश पौडेललगात दर्जनौको सङ्ख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।

आजै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई रतुवामाईले पनि रोपाई महोत्सब मनाएको छ । धान जोनले नगरपालिकाको ६ नम्बर वडामा धान रोपेर असार १५ अर्थात धान दिवस मनाएको हो ।

तस्वीरहरु :-

सम्बन्धित खवर