कार्यपालिका बैठकद्वारा महत्वपूर्ण निर्णयहरू पारित

कार्यपालिका बैठकद्वारा महत्वपूर्ण निर्णयहरू पारित

पथरी, असार ७ पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । आज नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले आगामी असार १० गते हुने नगरसभामा पेश गरिने आर्थिक वर्ष २०८३/०८४ को आर्थिक विधेयक, विनियोजन विधेयक तथा संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

यसैगरी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक, संगठन सर्वेक्षण अद्यावधिक सम्बन्धमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित पारित र नगरको शिक्षा ऐन संशोधन गरिने निर्णय गरिएको नगर प्रवक्ता नवीन कार्कीले जानकारी दिनुभयो । बैठकले आगामी नगरसभालाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी तथा व्यवस्थापनका विषयमा समेत छलफल गरेको जनाएको छ । नगरसभा मार्फत् आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट पारित गरिने भएको छ ।

सम्बन्धित खवर