ग्यास लिक हुँदा होटलमा आगलागी, ठूलो दुर्घटना टर्‍यो

ग्यास लिक हुँदा होटलमा आगलागी, ठूलो दुर्घटना टर्‍यो

पथरी

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ सुबेदी चोकस्थित रुद्र गिरीको होटलमा मंगलबार चिया पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको छ।
अचानक सल्किएको आगोले होटलभित्र रहेका भाँडाकुँडा, खाद्यान्न, फर्निचर तथा अन्य जिन्सी सामग्रीमा क्षति पुर्‍याएको छ। आगलागीपछि केहीबेर स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो।
स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित खवर