मोरङ,
काफ्ले समाज, काफ्ले बन्धु कल्याण समिति तथा काफ्ले बन्धु समाज नेपालको साझा अवधारणा अन्तर्गत गठित काफ्ले बन्धु समाज नेपाल मोरङको दोस्रो जिल्ला अधिवेशन पथरी शनिश्चरे–१, शान्त्ति सामुदायिक वनको कार्यलयमा सम्पन्न अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। संस्थापक जिल्ला अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा केन्द्रिय उपाध्यक्ष दुर्गादेवि खनाल काफ्ले केन्द्रिय उपाध्यक्ष तोयानाथ काफ्ले केन्द्रीय सचिब गोपाल काफ्ले प्रदेश महासचिव चिरञ्जीवी काफ्ले झापा जिल्ला अध्यक्ष नारायण प्रसाद काफ्लेको उपस्थिति रहेको अधिबेशनमा प्रमुख अतिथि दुर्गा काफ्ले विशिष्ट अतिथि तोया नाथ काफ्ले र गोपाल काफ्ले तथा अतिथि चिरञ्जीवी काफ्ले र झापा जिल्ला अध्यक्ष नारायण प्रसाद काफ्लेले काफ्ले बन्धु हरुको घर धुरी सर्बे तथा बंशावलि निर्माण सम्मका काम सम्पन्न गर्ने जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनु भएको थियो । उक्त अधिवेशनमा नवराज काफ्ले अध्यक्ष, टिकाराम काफ्ले उपाध्यक्ष, सावित्रा नेपाल काफ्ले महिला उपाध्यक्ष, दलबहादुर काफ्ले सचिव, चुडामुनी काफ्ले सहसचिव तथा नरेन्द्र काफ्ले कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी थर्कप्रसाद काफ्ले, अम्बेवर काफ्ले, टेकबहादुर काफ्ले, निलमणी काफ्ले, झमकबहादुर काफ्ले लगायत सदस्यहरू चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष नवराज काफ्लेले समाजको एकता, सामाजिक सद्भाव र कल्याणकारी गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । अधिवेशनको आयोजना काफ्ले बन्धु समाज नेपालले गरेको थियो उक्त कार्यक्रमको संचालन मोरङ जिल्ला सचीव अर्जुन काफ्लेले गरेका थिए । देश भरि छरिएर रहेका काफ्लेहरु एक हुने उदेश्यका साथ संगठित काफ्ले बन्धु समाज नेपालले वंशावलीमा सबै काफ्लेहरुलाई जोड्ने अभियान सुरु गर्दै आएको छ ।






