रुसी सेनामा भर्ती भएका नुवाकोटका दिनेश राई बेपत्ता, परिवारद्वारा शवविनै अन्त्येष्‍टि

रुसी सेनामा भर्ती भएका नुवाकोटका दिनेश राई बेपत्ता, परिवारद्वारा शवविनै अन्त्येष्‍टि

काठमाडौं‚ रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा गएका नुवाकोटका २३ वर्षीय दिनेश राई चार वर्षदेखि बेपत्ता भएपछि परिवारले अन्ततः शवविनै अन्त्येष्‍टि गरेका छन्।

बागमती प्रदेशकै उत्कृष्ट एथलेटिक्स खेलाडी रहेका राईले ब्रिटिस सेनामा भर्ती हुने सपना बोकेका थिए तर फ्रान्सेली सेनामा जागिर लगाइदिने प्रलोभनमा परेर उनी सन् २०२३ मा विदेशिएका थिए। पछि उनी रुस पुगेर रुसी सेनामा भर्ती भएको खबर परिवारले पाएको थियो।

लामो समयसम्म सम्पर्कविहीन भएपछि बाबु रामजी राई छोरा खोज्‍न रुससम्म पुगेका थिए। पाँच महिनाको खोजीपछि उनले दिनेश युद्धमै मारिएको जानकारी पाए पनि शव फेला पार्न सकेनन्। छोरा फर्कने आशा समाप्त भएपछि परिवारले स्थानीय परम्पराअनुसार बुधबार शवविनै दाहसंस्कार गरेको जनाएको छ।

सम्बन्धित खवर