आर आइ एफ सि काठमाडौँ सेमिफाइनलमा प्रवेश

आर आइ एफ सि काठमाडौँ सेमिफाइनलमा प्रवेश

आर आइ एफ सि काठमाडौँ सेमिफाइनलमा प्रवे
पथरी
​सिरहामा भइरहेको सहिद हेमनारायण गोल्डकपमा आर.आई.एफ.सी काठमाडौँ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँले पथरी-११ फुटबल क्लब, मोरङलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

​खेल अवधिभर आक्रामक रणनीति अपनाएको काठमाडौँका लागि निस कुमार श्रेष्ठ र सिजल राईले गोल गरे भने पथरीका तर्फबाट संजय लिम्बुले एक सान्त्वना गोल फर्काए।
खेलको​३६ औं मिनेटमा काठमाडौँका सिजल राईले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए।
​३९ औं मिनेट: काठमाडौँकै निस कुमार श्रेष्ठले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । ​४४ औं मिनेटमा पथरी ११का संजय लिम्बुले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए र खेलमा फर्किने प्रयास गरे ७७ औं मिनेट मा काठमाडौँका निस कुमार श्रेष्ठले पुनः गोल गर्दै टिमको अग्रता ३–१ बनाए।
८५ औं मिनेटमानिस कुमार श्रेष्ठले आफ्नो ह्याट्रिक पूरा गर्दै काठमाडौँलाई ४–१ को सानदार जित दिलाए।

​खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार ह्याट्रिक गर्न सफल आर.आई.एफ.सी काठमाडौँका अग्रपंक्तिका खेलाडी निस कुमार श्रेष्ठ घोषित भए। उनले नगद रु ३,००० (तीन हजार) र ट्रफी प्राप्त गरे।​प्रतियोगिता अन्तर्गत आइतबारको तेस्रो क्वार्टरफाइनल खेल गोल्डेन स्टार युथ क्लब, भलुवा (सुनसरी) र गाईघाट युनाइटेड (उदयपुर) बीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित खवर