पथरी / माेरङकाे पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा उद्यमशीलता विकासका लागि एक दिने सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आज वडा नं. १० मा एकदिने सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भएको हो । लघु उद्यम सहजकर्ता भगवती कटुवालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडाको अध्यक्षता रहेको थियो । यसैगरी कार्यक्रममा वडा नं. १० का वडा सदस्य एवम् कार्यपालिका सदस्य मीना योञ्जन, वडा सदस्य वीरबहादुर बस्नेत र वडावासीहरुको उपस्थिति रहेको थियो ।






