महासंघको निर्वाचनमा कास्कीबाट कोइराला, भट्टराई र आत्रेयको उमेदवारी

महासंघको निर्वाचनमा कास्कीबाट कोइराला, भट्टराई र आत्रेयको उमेदवारी

नेपाल उद्योग वणिज्य महासंघको ६० औं वर्षिक साधारणसभा तथा अधिवेशनमा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उपाध्यक्षमा, पोखराकै हिरा भट्टराईले महिला सदस्य र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले केन्द्रीय सदस्य पदका लागि उमेदवारी दिएका छन् ।

महासंघको वैशाख २१ र २२ गते काठमाडौँमा हुन लागेको ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि कोइरालाले उपाध्यक्ष , भट्टराईले महिला केन्दीय सदस्य र आत्रेयले जिल्ला नगर खुलातर्फको कार्यकारिणी सदस्य पदमा उमेदावरी दर्ता गराएका हुन् ।

लेखनाथ उद्योाग वाणिज्य संघको अध्यक्ष पदमा रहदा व्यावसायिक हक हितका सवालमा आवाज उठाउदै आउँदा चर्चा कमाएका आत्रेयले गत वर्ष पनि केन्द्रीय सदस्यका पदमा उमेदवारी दिए तापनि केही प्राविधिक तुर्टीका कारण असफल भएका थिए भने यस पटक आफनो जित पक्का पक्की जस्तै रहेको दावा गरेका छन् ।

यसअघि लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र बाबुराम गिरी केन्द्रीय सदस्य भइसकेका छन् । यसैबिच महासंघको विधानत केन्द्रीय समिति वनेपछि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय पदाधिकारीहरुले मात्र भोट हाल्न पाउने व्यवस्थाअनुरुप यस वर्ष वरिष्ठ उपाध्यक्ष श्रीकृष्ण वैद्य र हेमराज ढकालले आआफ्नाे समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

यस वर्ष पोखराका अञ्जन श्रेष्ठले विधानतह महासंघको अध्यक्ष पदको नेतृत्व समाल्ने भएकाले पनि छत्रधर आत्रेयलाई जित नजिक पुग्न केही सहज भएको संघका पूर्व अध्यक्ष बाबुराम गिरीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर