‘हाम्रो संस्कार संस्कृतिलाई हामीले नै जीवन्त राख्नुपर्छ’ – नगर प्रमुख तुम्वापो

‘हाम्रो संस्कार संस्कृतिलाई हामीले नै जीवन्त राख्नुपर्छ’ – नगर प्रमुख तुम्वापो

पालाम गीत ‘सिकिम्बा तरेबा’ र ‘याराकले मुधाक’ सार्वजनिक

पथरी/ माेरङकाे पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले हाम्रो मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
हिजाे पथरी शनिश्चरे वडा नं. २ को होटल साल्पामा आयोजित पालाम भिडियो सार्वजानिक कार्यक्रममा  उहाँले सो कुरा बताउनुभएको हो । मुन्धुमी मा चुम्लुङ सांस्कृतिक विभाग पथरी शनिश्चरेले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘हामी सबैले आफ्नो संस्कार संस्कृतिको जगेर्ना गरिरहेका छौं, आज यो भिडियोहरु सार्वजानिक हुँदा म अत्यन्त खुशी छु, यहाँ प्रस्तुत भएका हाम्रा मौलिक कुराहरुले मलाई छोएको छ अतः हामी सबैले आ–आफ्नो संस्कार संस्कृति र भेषभुषाको जगेर्ना गर्दै लानुपर्छ ।’
सो कार्यक्रममा अन्तर्राष्ट्रिय येले साम्लो नाइसुम ५०८६ का विजेता मिलन लिम्बू तथा उपविजेता दिलिप माखिम लाओती याक्थुङद्वारा प्रस्तुत दुई वटा पालाम गीत ‘सिकिम्बा तरेबा’ र ‘याराकले मुधाक’ सार्वजनिक गरिएको थियो । सो अवसरमा कलाकार र प्राविधिकहरुलाई सम्मान पनि गरिएको थियो ।
दुवै गीतमा मिलन लिम्बू र मन्जु आङ्बुहाङले जीवन्त अभिनय पस्कनुभएको छ । आयन राई र विजय लिम्बुले प्रमुख सहयोगीको रूपमा साथ दिनुभएको छ भने निर्देशन मौशम परिवर्तन याक्थुङबाङले गर्नुभएको हो ।

सम्बन्धित खवर