पोखरा ३३ कालिकास्थानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

पोखरा ३३ कालिकास्थानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

पोखरा महानगरपालिकाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर बिहिबार पोखरा महानगरपालिका वडा नं. ३३ स्थित कालिकास्थान कृषि सहकारी संस्थाकाे कार्यलयमा  आयोजना गरिएको थियो।

पशु सेवा शाखाको नेतृत्वमा सम्पन्न उक्त शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा लगायतका पशुपन्छीहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो। शिविरमा पशुहरूमा देखिने विभिन्न रोगहरूको पहिचान गरी आवश्यक औषधि वितरण समेत गरिएको आयोजकले जनाएको छ।

पाेखरा वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले यस्ता कार्यक्रमले स्थानीय कृषकहरूलाई ठूलो राहत पुगेको बताउँदै भविष्यमा पनि यस्ता सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। “पशुपालन हाम्रो वडाको मुख्य आयआर्जनको आधार हो। यसलाई अझ व्यवस्थित र उत्पादनमुखी बनाउन यस्ता निःशुल्क स्वास्थ्य शिविर आवश्यक छन्,” उनले भने।

उनले थपे, “किसानहरूको समस्या नजिकबाट बुझेर समाधान गर्ने हाम्रो प्रयास हो, र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइनेछ।”

कार्यक्रमको समन्वय पोखरा महानगरपालिका वडा नं. ३३ को कार्यालयले गरेको थियो। स्थानीय कृषक तथा पशुपालकहरूलाई लक्षित गरी आयोजना गरिएको यस शिविरबाट सयौँ पशुपालक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

यस्ता कार्यक्रमले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्नुका साथै कृषकहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित खवर