सामाजिक सेवा नै समाज रुपान्तरणको मूल आधार हो भन्ने मूल नाराका साथ स्थापना भएको पूर्व राष्ट्रसेवक तथा नागरिक संघले बुधबार आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।
संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल (प्रविन) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी एवं संस्थाका संरक्षक शिवप्रसाद न्यौपानेले सेवाका भावले गरिने जुन सुकै कामले पनि समाजमा सकरात्मक शन्देश र प्रतक्ष्य रुपमा पिडित तथा दिन दुखी लाभाम्वत हुनु पर्नेमा जोड दिएका थिए ।
साथै, उनले जसरी लायन्स, रेडक्रस, रोटरी लगायत अन्य सामाजिक संघ सस्थाले सरकारी निकायलाई सहयोग पुग्ने गरी काम गर्छन् त्यसै गरी पूर्व राष्ट्रसेवक तथा नागरिक संघले पनि मानव हितका क्षेत्रमा काम गर्दै जानु पर्ने विचार राखे ।
सोही अवसरमा सल्लाहकार समिति संयोजक सोमलाल कँडेलले सस्थाले आफूभन्दा कम भाग्वानीलाई सहयोग गर्नु नै मानव कल्याणको काम भएकाले हामी मानिस भएर जन्मिए पछि बोलीमा मात्र होइन काम र व्यवहारमा पनि सेवाको भावना सृजित हुनु पर्ने सुझाव राखेका थिए ।

विविध सांस्कृतिक कार्यक्रम र संघमा आवद्ध आजीवन सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सचिव सुन्दर शर्मा पौडेलले गरेका थिए भने कार्यक्रममा पत्रकार भीमपाणि बराल, स्याङ्जा जिल्ला कार्यसमितिका अध्यक्ष लक्ष्मी थापा मगर, चक्रदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद ताम्राकार, आजीवन सदस्यहरुको तर्फबाट गोविन्द गौली, शिशुवा नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, गार्डेन सिटी आमा समूहको तर्फबाट पार्वती थापा र आजीवन सदस्य सावित्री अधिकारी लगायतले आआफनो धारणा राखेका थिए ।
संस्थाले राष्ट्रको सेवा गरी अवकाश प्राप्त पूर्व अवकाश प्राप्त पूर्व राष्ट्रसेवकको अनुभव ,अनुशासन, त्याग र राष्ट्रप्रेम तथा सचेत नागरिकको सक्रिय सहभागिताबाट सामाजिक रुपान्तरण, मानव सेवा, सुशासन प्रवर्धन तथा भावी पुस्ताको उज्यालो भविष्य निर्माण गर्ने उद्देश्य राखेको छ ।






