आइटी स्रोत शिक्षकका लागि क्षमता विकास तालिम

आइटी स्रोत शिक्षकका लागि क्षमता विकास तालिम
पथरी । माेरङकाे पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकहरुको पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित पञ्चायत माध्यमिक विद्यालयमा वैशाख १० गतेदेखि सञ्चालन भएको उक्त तालिम हिजाे समापन गरिएको हो ।
समापन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल तथा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले संयुक्त रूपमा सहभागी शिक्षकहरुलाई प्रमाण–पत्र वितरण गर्नुभयो ।
तालिममा नगरका २७ वटा सामुदायिक विद्यालयका आईटी स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागीको तर्फबाट भागिरथ माविका शिक्षक घनश्याम ढकाल र प्रशिक्षकको तर्फबाट सन्जय कुमार खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिमका प्रमुख प्रशिक्षक बाल कुमार रेग्मी तथा प्रशिक्षक आर.के. सिंह रहनुभएको थियो । नगरपालिकाले यस्ता क्षमता अभिवृद्धि गर्ने तालिम कार्यक्रमलाई निरन्तर रुपमा आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित खवर