नाम मात्रै स्पा र मसाज सेन्टर, काम भने अर्कै

नाम मात्रै स्पा र मसाज सेन्टर, काम भने अर्कै
विराटनगर
विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरबाट प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको छ। विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा छापा हानेर प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको हो। स्पा र मसाज सेन्टर खोलेर अनैतिक धन्दा चलाएको भन्ने जनगुनासो बढेपछि प्रहरीले शनिबार एक अप्रेसन नै चलाएको थियो। विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा हानिएको छापाका क्रममा ३६ जना समातिए।

सम्बन्धित खवर