श्रेष्ठ परिवारलाई मातृशाेक

श्रेष्ठ परिवारलाई मातृशाेक

पोखरा महानगर पालिका वडा नम्वर २६/२७ निवासी श्रेष्ठ परिवार मातृशोकमा परेका छन् । नेवा ःखल अर्घौ पौवाकी आजीवन सदस्य तथा समाजकी जेष्ठ सदस्य पुतली श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको गत बुधवार आफनै निवासमा निधन भएको हो ।

सामाजिक भावले उत प्रोत श्रेष्ठको निधन प्रति विभिन्न सामाजिक संघ सस्थाले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय श्रेष्ठका दुई छोरा भरतलाल श्रेष्ठ र प्रकाशलाल श्रेष्ठ र चार छोरी रहेका छन् ।

स्वर्गीय श्रेष्ठका कान्छा छोरा प्रकाश लाल श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी कास्की पुर्व उपमन्त्रि,नेपाल रेडक्रस सोसाईटी लेखनाथ उपशाखाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार, लेखनाथ उद्योग बाणिज्य संघ पुर्व उपाध्यक्ष हालका सल्लाहाकार, लायन्स क्लब अफ पोखरा अर्घौका चार्टर प्रेसिडेन्ट , पूर्व मा.बि.नि / शिक्षक , लेखनाथ क्लबका सल्लाहकार, नेवाः खल लेखनाथका उपाध्यक्ष, सृजना बहिरा माविका विद्यालय ब्यवास्थापन समितिका निवर्तमान अध्यक्ष र बिभिन्न सामाजिक संघ संस्था र शैक्षिक क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

सम्बन्धित खवर