ओली र लेखक रिहा हुँदै

ओली र लेखक रिहा हुँदै

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको हो ।

आइतबारबाट सुनुवाइ सुरू भएकोमा सोमबार सरकार पक्षले बहस गरेपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएकोसँगै बहस सकिएको हो ।


बहस सकिएकाले अब आदेशको तयारी भइरहेको छ । आदेश सोमबार नै आउने सम्भावना रहेको छ ।

ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ थियो ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै चैत १५ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

सम्बन्धित खवर