हिल पोइन्टमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान

हिल पोइन्टमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान

नेपाल परिवार नियोजन संघ, कास्की शाखाले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको अभियानलाई निरन्तरता दिएको छ।

संघले जिल्लाभित्रका २४ वटा विद्यालय तथा कलेजमा अभियान सञ्चालन गर्ने लक्ष्य राखेकोमा हालसम्म १४ वटा शैक्षिक संस्थामा कार्यक्रम सम्पन्न भइसकेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो।

यसै क्रममा पछिल्लो कार्यक्रम पोखरा महानगरपालिका–१२, माटेपानीस्थित हिल पोइन्ट माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल गंगाराम पौडेलले विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत रहन आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ, कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रबन्धक नव राज तिवारी तथा कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो।

सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा प्रबन्धक नव राज तिवारीले गर्नुभएको थियो।
यस अभियानमार्फत किशोर–किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यबारे सही जानकारी प्रवाह भई स्वस्थ र सचेत समाज निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर