ग्लोबल मनी विकको अवसरमा बीमा प्राधिकरणद्वारा विद्यार्थी लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न

ग्लोबल मनी विकको अवसरमा बीमा प्राधिकरणद्वारा विद्यार्थी लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न

ग्लोबल मनी विकको अवसर पारेर नेपाल बीमा प्राधिकरणले विद्यार्थी लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई पैसाको बचत, यसको महत्व तथा बीमाको आवश्यकता सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, नेपाल राष्ट्र बैंक पोखराकी उपनिर्देशक रागिनी सिन्हा, निप्स कास्कीका निवर्तमान अध्यक्ष बद्रीनाथ पौडेल तथा नबिल बैंक लेखनाथ शाखा प्रमुख महेन्द्र महत लगायतले बीमा, वित्तीय अनुशासन र पैसाको सदुपयोगका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए।

बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम सञ्चालन बीमा प्राधिकरणका सहायक अधिकृत बलराम लामिछानेले गरेका थिए भने सहजीकरण सञ्चारकर्मी सन्दीप पौडेलले गरेका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा प्रारम्भिक स्तरमै वित्तीय सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

सम्बन्धित खवर