हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाका दुई निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका १९ जना उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका कारण उनीहरूले जमानत जोगाउन नसकेको निर्वाचन परिणामले देखाएको छ।
निर्वाचन परिणामअनुसार गोरखा क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका थिए। तर आवश्यक न्यूनतम मत प्राप्त गर्न नसक्दा १९ जना उम्मेदवारको जमानत जफत भएको हो। गुरुङ गोरखा क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी थिए । सो क्षेत्रमा रास्वपाका कविन्द्र बुर्लाकोटीले जित निकालेका छन् ।
जमानत जफत हुने उम्मेदवारमध्ये नेकपा एमालेका उम्मेदवार मिलन गुरूङ (चक्रे मिलन) पनि रहेका छन्। उनी अपेक्षित मत प्राप्त गर्न नसक्दा जमानत जोगाउन असफल भएका हुन्। नेपालको निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारी दर्ता गर्दा बुझाएको जमानत रकम जफत हुने प्रावधान छ।
यसपटक गोरखामा मुख्य प्रतिस्पर्धा प्रमुख दलका उम्मेदवारबीच केन्द्रित हुँदा साना दल तथा स्वतन्त्र उम्मेदवारले न्यून मत प्राप्त गरेका कारण ठूलो सङ्ख्यामा उम्मेदवारहरूको जमानत जफत भएको देखिएको छ।




