रंगेली कांग्रेसमा ‘पहिरो’ : नगर सचिव मण्डलसहित ७६ जना रास्वपा प्रवेश

रंगेली कांग्रेसमा ‘पहिरो’ : नगर सचिव मण्डलसहित ७६ जना रास्वपा प्रवेश
विराटनगर, नेपाली कांग्रेस रंगेली नगर समितिका सचिव बिनोद कुमार मण्डलसहित ७६ जना नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रंगेलीमा आयोजित कार्यक्रममा उनीहरूलाई रास्वपा मोरङ–५ की उम्मेदवार आशा झा ले स्वागत गरेकी थिइन्। पार्टी प्रवेश गर्नेहरूमा नगर समितिका पदाधिकारी तथा सक्रिय सदस्यहरूसमेत रहेका रास्वपाले जनाएको छ।
कार्यक्रममा बोल्दै मण्डलले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र नयाँ राजनीतिक विकल्पप्रतिको आकर्षणका कारण रास्वपा रोजेको बताए। “देशमा देखिएको राजनीतिक निराशालाई चिर्न नयाँ शक्तिको आवश्यकता छ,” उनले भने, “त्यसैले हामीले सामूहिक रूपमा निर्णय गरेका हौं।”
उता, रास्वपा नेताहरूले रंगेलीमा भएको सामूहिक प्रवेशलाई सकारात्मक संकेतका रूपमा लिँदै मोरङमा पार्टीको जित्ने आधार बलियो बन्दै गएको दाबी गरेका छन् ।

सम्बन्धित खवर