पोखरा महानगरपालिका वडा नम्बर ३३ कालिकास्थान निवासी स्वर्गीय समाजसेवी तथा शिक्षाप्रेमी कालिदास लामिछानेको स्मृतिमा उहाँकी धर्मपत्नी शारदा लामिछाने तथा छोराहरू भरत, युवराज र सरद लामिछानेले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ।
बाल विकासमा अध्ययनरत बाबु–नानीहरूलाई वार्षिक ब्याजबाट दिवा खाजा उपलब्ध गराउने उद्देश्यले परिवारले रु ५० हजार ५५ रुपैयाँको अक्षयकोष खडा गरेको हो। उक्त सहयोगले साना विद्यार्थीहरूको पोषण तथा नियमित विद्यालय उपस्थितिमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ।
विद्यालय परिवारले स्वर्गीय लामिछानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस पुण्य कार्यका लागि लामिछाने परिवारप्रति आभार व्यक्त गरेको छ। साथै परिवारका सम्पूर्ण सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु तथा उच्च समृद्धिको कामना गरिएको छ।




