अबको आशा र भविष्य तिलक रानाभाट : पोखरा–१२ का स्थानीयको विश्वास

अबको आशा र भविष्य तिलक रानाभाट : पोखरा–१२ का स्थानीयको विश्वास

तिलक रानाभाट प्रति नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवारका रूपमा पोखरा महानगरपालिका वडा नम्बर १२ का स्थानीयहरूले बलियो विश्वास व्यक्त गरेका छन्। स्थानीयहरूले रानाभाटलाई अबको कांग्रेस मात्र नभई देशकै भविष्यका रूपमा चित्रण गर्दै उनलाई विजयी गराउनु आफ्नो दायित्व भएको बताएका छन्।

वडाबासीहरूले यसअघि सन्तोष बास्तोला ले बहुमतका साथ विजय हासिल गरेको उदाहरण प्रस्तुत गर्दै सोही जनसमर्थनका आधारमा रानाभाटलाई पनि वडा नम्बर १२ बाट भारी मतका साथ संसदमा पठाउने प्रतिबद्धता जनाएका छन्।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा ले कांग्रेस नेतृत्वमा स्थिर सरकार गठन भई देश विकासले तीव्रता पाउने दाबी गरे। उनले मतदातालाई रुख चिन्हमा मतदान गरी कांग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले मुलुकको निकास र दिगो विकास नेपाली कांग्रेसकै नेतृत्वबाट सम्भव हुने उल्लेख गरे। कार्यक्रममा कांग्रेस कास्की–१ का सभापति एवं चुनाव परिचालन समितिका संयोजक राजेन्द्रमणि लामिछाने, प्रदेश सभापति कृष्ण कोइराला, महाधिवेशन प्रतिनिधि डम्बरजन गुरुङ लगायत स्थानीय नेताहरू मायादेवी तज्या, शान्तबहादुर थापा, डुमप्रसाद गुरुङ र ढोलप्रसाद गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन वडा सचिव शिवप्रसाद कोरेलाले गरेका थिए भने क्षेत्रीय सचिव ओमप्रकाश गुरुङका अनुसार चुनाव प्रचार अभियानअन्तर्गत शनिबार पोखरा–१२ का पुरानो धारा, शीतलदेवी, बरालडाँडा समाज, मियापाटन, चापापानी, फूलबारी, माटेपानी, हस्पिटल चोक, ढिकालेथर, माछापोखरी चोक र कुणहर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो।

सम्बन्धित खवर