अन्तर विद्यालयस्तरीय छात्र भलिबल प्रतियाेगिताकाे उपाधि पञ्चायत माविले चुम्याे

अन्तर विद्यालयस्तरीय छात्र भलिबल प्रतियाेगिताकाे उपाधि पञ्चायत माविले चुम्याे

उपविजेता बन्याे रेडस्टार

पथरी/पथरी बहुमुखी क्याम्पसको वार्षिक खेलकुद सप्ताहअन्तर्गत आयोजित अन्तर-विद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि पञ्चायत माध्यमिक विद्यालयले चुमेकाे छ। शुक्रबार भएको रोमाञ्चक फाइनल स्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पथरीशनिश्चरे-१ मा रहेको पञ्चायत माविले च्याम्पियनको ट्रफी चुमेको हो । पञ्चायत माविका खेल शिक्षक नरेशकुमार राईका अनुसार विद्यालयले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित हासिल गरेको हो ।

प्रतियोगिताको यात्रा

फाइनल यात्रा : सेमिफाइनलमा एभरेस्ट माविलाई सोझो सेटमा पछि पार्दै पञ्चायत माविले फाइनलमा स्थान सुरक्षित गरेको थियो।

उपविजेता : कडा प्रतिस्पर्धाका बीच रेडस्टार मावि प्रतियोगिताको उपविजेता बनेको छ।

सहभागी टोलीहरू: प्रतियोगितामा पञ्चायत माविसहित अरूणोदय, सिंहवाहिनी, एभरेस्ट, वाल्मीकि, रेडस्टार, भागीरथ र आयोजक क्याम्पसका दुई टोली गरी कुल ९ टिमको सहभागिता रहेको थियो।

जितको खुसी साट्दै पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विद्यार्थीहरूको मेहनत र खेल भावनाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो- “विद्यार्थीहरूले खेलमैदानमा देखाएको अनुशासन र कौशलकै कारण आज हामीले यो सफलता प्राप्त गरेका हौँ । शैक्षिक विकाससँगै खेलकुदमा पनि हाम्रा विद्यार्थीहरू अब्बल छन् भन्ने यसले पुष्टि गरेको छ। आगामी दिनमा पनि हामी यस्ता प्रतिभालाई अझै निखार्दै लैजानेछौँ ।”

 

सम्बन्धित खवर