नेसनल प्याव्सन गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन

नेसनल प्याव्सन गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन

नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन्। बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। गुरुङ यसअघि गण्डकी प्रदेश सचिवका रूपमा कार्यरत थिए।

अधिवेशन तिलक चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। नवगठित कार्यसमितिको उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी, सचिवमा तनहुँका बालचन्द्र घिमिरे र कोषाध्यक्षमा नवलपुरका शिव गुरुङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा तनहुँका तारा भट्टराई, बागलुङका गणेश मल्ल, कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी चयन भएका छन्। नवलपुरबाट एक सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
कार्यक्रमको उद्घाटन सूर्यबहादुर अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य रोशन कोइरालाले व्यक्त गरेका थिए। नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै तिलक चौहानले संगठनलाई अझ सशक्त, अनुशासित र प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे।

बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै ज्ञानेन्द्र मोहन भट्टराई, सन्तबहादुर तामाङ, कमल रानाभाट र शिवदत्त तिवारीलगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। कार्यक्रम सञ्चालन सन्तबहादुर तामाङले गरेका थिए।

नवनिर्वाचित अध्यक्ष सिकन्दर गुरुङले संगठनलाई संस्थागत रूपमा सुदृढ बनाउँदै निजी विद्यालयहरूको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रदेशस्तरमा समन्वय र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खवर