हिसान स्पाेर्ट्स मिटदेखि कक्षा १२ मा ३.९६ सहित नेपाल प्रथमकाे सफलता
पथरी/पथरीशनिश्चरे नगरपालिका (माेरङ) स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा रेडस्टार अङ्ग्रेजी अावासीय माविले १९ स्वर्ण, ५ रजत र ४ कांस्य गरी कुल २८ पदक जित्दै समग्र उपाधि हात पारेको छ।
यसअघि नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डका छवटै संस्करण सामुदायिक विद्यालयले मात्र जित्दै आएका थिए । यस वर्ष रेडस्टारले उपाधि जितेसँगै संस्थागत विद्यालयका तर्फबाट पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड उचाल्ने नयाँ इतिहास कायम भएको छ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्स, रिले, भलिबल, कबड्डी, कराते, तेक्वान्दो तथा ज्याभलिन थ्रोलगायत विधामा रेडस्टारका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका हुन्।

रेडस्टारले जितेका स्वर्ण पदक र तिनका खेलाडी
• सुजिता धिमाल (२ स्वर्ण) — १०० मि. र ८०० मिटर
• सुहाना राई (३ स्वर्ण)— ४०० मि., ३००० मि. र लङ जम्प
• रेजिना थापा — १५०० मि.
• रिलेतर्फ — अलिशा लिम्बू, सुहाना राई, रेजिना थापा र सुजिता धिमाल
• नितिन राई (२ स्वर्ण) — १०० मि. र ३००० मि.
• नितेश राई — १५०० मि.
• एन्जल तामाङ — कराते U–४५ केजी (तेक्वान्दाे)
• रानी राई — कराते U–६० केजी
• पविना राई — कराते U–५५ केजी
• सागर तामाङ — कराते U– ४२ केजी • निश्चल डाँगी — कराते U– ५७ केजी
समूहगत खेल
• कबड्डी (छात्र)
• भलिबल (छात्र)
• भलिबल (छात्रा)
विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यार्थीहरूको अनुशासन, शिक्षकहरूको मार्गदर्शन तथा अभिभावकको सहयोगकै कारण यस्तो उपलब्धि सम्भव भएको बताउनुभयो। उहाँले शिक्षासँगै खेलकुदलाई समान प्राथमिकतामा राख्दै आगामी दिनमा राष्ट्रपति रनिङ सिल्डमा पनि प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि विद्यार्थीहरूलाई थप तयारी गराइने जानकारी दिनुभयो।
अतिरिक्त क्रियाकलाप संयोजक सनम गजमेरसहित प्रतियोगिता सफल बनाउन प्रत्यक्ष–परोक्ष रूपमा संलग्न सम्पूर्ण खेल प्रशिक्षक, शिक्षक, कर्मचारी, अभिभावक तथा सहयोगीले विद्यालयकाे गाैरव बढाउन अहम् भूमिका निर्वाह गरेकाे उहाँकाे भनाइ थियाे ।
यसैबिच भर्खरै मात्र हिसान माेरङको आयोजनामा विराटनगरमा सम्पन्न हिसान स्पोर्ट्स मिटमा पनि रेडस्टारले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रतियोगिताअन्तर्गत छात्र फुटबलतर्फ फाइनल खेल टाइब्रेकरमा जित्दै उपाधि हात पारेको रेडस्टारले छात्रा फुटबलतर्फ भने कुनै पनि गोल नखाई क्लिन सिटसहित उपाधि जितेको हो। साथै, भलिबललगायत अन्य विधामा पनि विद्यालयका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। पछिल्लाे समयमात्र लगातार दुई ठुला प्रतियोगितामा आएको सफलताबाट रेडस्टारले खेलकुद गतिविधिमा पनि अब्बल रहेकाे दरिलाे प्रमाण पेस गरेकाे छ ।
शैक्षिक प्रगतिमा २ जना ‘नेपाल प्रथम’
रेडस्टारबाट गत वर्षमात्रै कक्षा १२ को वार्षिक परीक्षामा २ जना विद्यार्थीले सर्वोत्कृष्ट ३.९६ जिपिए ल्याएर नेपाल प्रथम बन्न सफल भएकाे छ । सर्वोत्कृष्ट नतिजा ल्याई नेपाल प्रथम बन्न सफल चन्दन शाह र प्रवीण कट्टेललाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले नगद ५० हजार सहित खादा, रुद्राक्ष माला र टीका लगाएर सम्मानित गरेका थिए ।




