आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाअन्तर्गतका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। बाँकी रहेका काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मतपत्र छपाइ कार्य भने जारी रहेको छ।
सहायक प्रवक्ता न्यौपानेले तीन दिनभित्र सम्पूर्ण मतपत्र छपाइ कार्य सकिने अनुमान गरिएको जानकारी दिनुभयो। निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।




