पथरी/ पथरीशनिश्चरे नगरपालिका (माेरङ) को आयोजना तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन भइरहेको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताकाे अहिले सम्पन्न हुँदै गरेकाे फाइनल स्पर्धाबाट पथरीशनिश्चरे २ मा रहेकाे रेडस्टार आवासीय माविले उपाधि उचाल्दै छ । मङ्गलबारबाट जारी विभिन्न विधाका खेलहरूमा रेडस्टारले १९ स्वर्ण, ५ रजत र चार कास्यसहित कुल २८ पदकसहित राष्ट्रपति रनिङ सिल्ड चुम्न सफल भएकाे आयाेजक कमिटीकाे सचिवालयले जानकारी दिएकाे छ।
प्रतियाेगिताकाे उपविजेता बुद्ध मावि, सखुवारा हुँदै छ । बुद्ध माविले सात स्वर्ण, सात रजत र ६ कास्यसहित कुल २० पदक प्राप्त गर्न सफल भएकाे बुझिएकाे छ । प्रतियाेगिताकाे तेस्राे स्थानमा जनता मावि छ । जनता माविले ६ स्वर्ण, ५ रजत र एक कास्यसहित १२ पदक प्राप्त गर्दै छ ।
रनिङ सिल्डकाे चाैथाे स्थानमा आयाेजक पञ्चायत मावि पर्न सफल भएकाे छ । पञ्चायत माविले ५ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल १४ पदक प्राप्त गर्दै छ । प्रतियाेगिताकाे उत्कृष्ट पाँचमा पर्न सफल विद्यालय भागीरथ मावि हाे । भागीरथ माविले ५ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गर्दै छ ।
प्रतियाेगितामा अरूणाेदय माविले ४ र भूपू सैनिक स्कुलले २ सहित बालनमुना, बालकल्याण, वाल्मीकि, चन्द्रकिरातेश्वर, माेरङ मेरिगाेल्ड र सिंहवाहिनीले पनि स्वर्णपदक प्राप्त गरेका छन् । कार्यक्रमकाे अहिले समापन सत्र सञ्चालन भइरहेकाे छ । (केशव भारद्वाज)




