राष्ट्रपति रनिङकाे पन्ध्र सय मिटर दाैडमा रेडस्टारले दुवै स्वर्ण पदक जित्याे

राष्ट्रपति रनिङकाे पन्ध्र सय मिटर दाैडमा रेडस्टारले दुवै स्वर्ण पदक जित्याे

पथरी/ पथरीशनिश्चरे नगरपालिकाको आयोजना तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन भइरहेको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अाज  भएको छात्र र छात्रा दुवैकाे १५०० मिटर दौड प्रतियोगितामा रेडस्टार माध्यमिक विद्यालय विजयी बनेकाे छ । कक्षा ११ का नितिष राई र रेजिना थापाले स्वर्णपदक जित्दै विद्यालयलाई स्वर्णपदक दिलाएका हुन् ।

रेडस्टार माध्यमिक विद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन र शिक्षकहरूको मार्गदर्शनकै परिणाम आजको सफलता भएको बताउँदै खेलकुदले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गराउने उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयले शैक्षिक गुणस्तरसँगै खेलकुदकाे विकासमा थप प्रगतिका लागि  प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी अतिरिक्त क्रियाकलाप संयोजक सनम गजमेरले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष–परोक्ष रूपमा  सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा सहयोगीहरूकाे भूमिका रहेकाे बताउनुभयाे । नगरस्तरीय प्रतियोगिताले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा, खेल भावना र प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन् ।

सम्बन्धित खवर