मिलीजुली समूहका लागि बचत परिचालन व्यवस्थापन तालिमको उद्घाटन

मिलीजुली समूहका लागि बचत परिचालन व्यवस्थापन तालिमको उद्घाटन

पथरी/ पथरीशनिश्चरे नगरपालिका (माेरङ)को आयोजनामा अाज मिलीजुली समूहका लागि बचत परिचालन व्यवस्थापन तालिम उद्घाटन गरिएको छ ।

नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले व्यानर वाचन गर्दै तालिमको उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा वडा नं. १, २, ३ र ४ का मिलीजुली समूहका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

नगरपालिकाकी म.वि.नि. सृजना भट्टराईद्वारा सञ्चालन गरिएको औपचारिक कार्यक्रममा बालबालिका शाखा प्रमुख गीता कट्टेलले तालिमको औचित्यबारे प्रष्ट्याउनुभएको थियो । पहिलो चरणअन्तर्गत तालिम माघ २६ र २७ गते सञ्चालन हुनेछ भने दोस्रो चरण माघ २८ र २९ गतेसम्म चल्ने बताइएको छ ।

सम्बन्धित खवर