एच.पी.भी. खोपको अनुगमन

एच.पी.भी. खोपको अनुगमन
मोरङ, पथरी शनिश्चरे नगरपालिकामा एच.पी.भी. खोपको अनुगमन गरिएको छ। आजबाट सुरु भएको एच.पी.भी. खोप कार्यक्रमको अनुगमनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य तथा सिअहेव स्वास्थ्य अधिकृत एकराज खत्री लगायतको सहभागिता रहेको थियो।
कक्षा–६ मा अध्ययनरत छात्रा, अघिल्लो वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू, विद्यालय नजाने १० वर्षका किशोरीहरू तथा अघिल्लो वर्ष खोप छुट भएका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी. खोप प्रदान गरिएको हो।

सम्बन्धित खवर