रास्वपा कास्की–२ द्वारा विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना

रास्वपा कास्की–२ द्वारा विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरिएको छ।

निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवादलाई सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको रास्वपा कास्की–२ सचिवालयले जनाएको छ ।

यसै क्रममा पोखरा महानगरपालिका वडा नं. ८ अन्तर्गत आलुमाइला चोक तथा पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ। साथै क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट, छलफल, अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सम्पर्क कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल पाइलट मदन केसीले कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै परिवर्तनका लागि नयाँ सोच र नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार उत्तम पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकास जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताए। उनले कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ र विश्वास दिन आग्रह गरे।

यसैबीच उम्मेदवार पौडेलले क्षेत्र नम्बर २ का विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासँग निरन्तर छलफल, अन्तरक्रिया तथा सुझाव संकलन गरिरहेका छन्।

सम्बन्धित खवर