पोेखरा–३३ मा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सशक्तिकरण कार्यक्रम सम्पन्न

पोेखरा–३३ मा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सशक्तिकरण कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ३३,  वडा कार्यलयकाे सभाहलमा ”सकारात्मक साेच , सशक्त समाज ” भन्ने मुल नारा सहित मानसिक तथा मनोसामाजिक स्वास्थ्य सशक्तिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गत आर्थिक विकास महाशाखा तथा व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मानसिक स्वास्थ्य विषयमा केन्द्रित रहेर सहभागिहरूलाई अभिमुखिकरण गराइएको थियो।

कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, दैनिक जीवनमा पर्ने मानसिक तनाव, यसको पहिचान, व्यवस्थापन तथा सकारात्मक सोच विकासका विषयमा सहजीकरण गरिएको  सहजकर्ता शंकर आचार्यले जानकारी दिए । सहभागीहरूलाई मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वस्थ समाज निर्माणमा सबैको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिइएको थियो।

कार्यक्रमको सहजीकरण ह्युमन नेपाल, अछामडी कैलाली का प्रशिक्षकहरूले गरेका थिए। प्रशिक्षकहरूले मानसिक तथा मनोसामाजिक समस्या लुकाएर होइन, खुला रूपमा छलफल र सहयोगमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

शनीबार सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, व्यवसायी, युवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले समुदायस्तरमै मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

सम्बन्धित खवर