सीमा सुरक्षा समन्वय बैठककै क्रममा बेहोस भएका सशस्त्र प्रहरी एसपी घिमिरेको निधन

सीमा सुरक्षा समन्वय बैठककै क्रममा बेहोस भएका सशस्त्र प्रहरी एसपी घिमिरेको निधन

विराटचोक, नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस भएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।

शुक्रबार मोरङको विराटचोकमा नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक सञ्चालन भइरहेको अवस्थामा एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।

बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो। चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ।

घटनापछि बैठक स्थगित गरिएको छ भने एसपी घिमिरेको निधनले सुरक्षा निकायमा शोकको वातावरण छाएको छ।

सम्बन्धित खवर