गणेश मालिका माविमा चौंथो खुला वादविवाद प्रतियोगिता सम्पन्न

गणेश मालिका माविमा चौंथो खुला वादविवाद प्रतियोगिता सम्पन्न

मध्यनेपाल नगरपालिका–१० नेटा, थान्सिङस्थित गणेश मालिका माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय चौंथो खुला वादविवाद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

कास्की, तनहुँ र लमजुङ जिल्लाका ३० जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजारका अनुपम गौली प्रथम हुन सफल भएका छन्। “कृत्रिम बुद्धिमत्ता (एआई): अवसर कि चुनौती?” विषयमा आयोजित प्रतियोगितामा गौलीले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरे।

यस्तै, अर्थली प्याराडाइज इङ्लिस माविकी सुष्मा उप्रेती द्वितीय भइ ३० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भइन्।
जन विकास मावि, बेसीशहरकी सजिना आचार्य तृतीय भइ २० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरिन् भने
शान्ति मावि, कुञ्छाकी मन्दिरा गौली चतुर्थ स्थानमा रहँदै १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरिन्।

प्रतियोगितामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जीव पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल तथा पोखरा विश्वविद्यालयका पीएचडी स्कोलर सन्दिप अधिकारी निर्णायकका रूपमा रहेका थिए।

मानबहादुर–मैताकुमारी स्मृति कोषको प्रायोजन तथा गणेश मालिका माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा मानबहादुर–मैताकुमारीका छोराहरू सूर्यबहादुर गुरुङ र खेमबहादुर गुरुङ, छोरी मालादेवी गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पाण्डे, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत लगायतले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।

सम्बन्धित खवर