एमाले कास्की दुईका उम्मेदवार रश्मि आचार्यले जनता संग मागे सुझाव

एमाले कास्की दुईका उम्मेदवार रश्मि आचार्यले जनता संग मागे सुझाव

 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनमा नेकपा एमाले कास्की क्षेत्र न दुई का उम्मेदवार रश्मि आचार्यले भाबी कार्ययोजना र कार्यभारका सम्बन्धमा सो क्षेत्रका जनतासंग सुझाव मागेका छन् ।

सोमबार सामाजिक संजाल फेसबूक मार्फत आचार्यले कास्की क्षेत्र नं २ निवासी मतदातालाई वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु, हामीले निर्माण गर्दै गरेको प्रतिबद्धता पत्रमा समावेश गर्नु पर्ने मुद्दाहरु लगातय स्थानिय विकास र देशको समृद्धिसँग अभिन्न रुपले जोडिएका विषयहरुमा वहस, विमर्श र अन्तर्क्रिया गर्ने छौं।

उनले प्रत्यक्ष भेटेर वा अन्य विकल्प प्रयोग गरेर समेत सुझाव दिन वा डिजिटल माध्यमबाट समेत सुझाव दिन आग्रह गरेका छन्।

उम्मेदवार आचार्यले भेटघाट तथा छलफल गर्ने योजनाका साथ कास्की दुई का ११ वटा अन्तर्गत सोमबार विहान पोखरा महानगरपालिका वडा नं ४ बाट चुनावी अभियान अन्तर्गतको पहिलो चरणको भेटघाट तथा छलफल प्रारम्भ गरेको उल्लेख गरेका छन ।

उनले तपाईहरु सँग भेटघाट तथा छलफल गर्ने योजनाका साथ हाम्रा ११ वटा वडाका विभिन्न आज विहान वडा नं ४ बाट चुनावी अभियान अन्तर्गतको पहिलो चरणको भेटघाट तथा छलफल प्रारम्भ गर्दै छु।

छलफलको क्रममा हामीले वर्तमान सन्दर्भमा उठान गर्नु पर्ने जनसवालहरु, हामीले निर्माण गर्दै गरेको प्रतिबद्धता पत्रमा समावेश गर्नु पर्ने मुद्दाहरु लगातय स्थानिय विकास र देशको समृद्धिसँग अभिन्न रुपले जोडिएका विषयहरुमा वहस, विमर्श र अन्तर्क्रिया गर्ने छौं।

सम्बन्धित खवर