खष्टेताल किनारामा साहित्य संगम

खष्टेताल किनारामा साहित्य संगम

 

पोखरा महानगरपालिका वडा नम्वर २६ को खाष्टेताल किनारमा साहित्य संगम तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।

खाष्टे ताल बाराही मन्दिर धार्मिक बिकास समितिको आयोजनामा भएको साहित्य संगम कार्यक्रममा कवि तथा कवियत्रीहरुले स्थलगत रुपमा कविता लेखन तथा बाचन गरेका थिए ।

सोही अवसरमा मन्दिर ब्यवस्थापन समितिले जेष्ठ नागरिक तथा मन्दिर संरक्षण समितिका पुर्व पदाधिकारीहरुलाई कामको उच्च प्रशंसा गर्दै अभिनन्दन गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाध्यक्ष नरेन्द्र थापाले यस क्षेत्रको बिकासका लागि हामी सबै मिलेर जानुपर्नेमा जोड दिदै विकासमा हातेमालो गर्दै अगाडी वढ्ने हो भने जुन सुकै कामले पनि सफलता पाउने उनको विश्वास थियो ।

कार्यक्रममा छन्द नायक कवि माधब बियोगी, साहित्यकार चन्द्रावति वाग्ले,नवराज अधिकारि ,वडा सचिब लिलामणी भण्डारी र स्थानिय बुद्धि सागर भण्डारी लगाएतले साहित्य र प्रकृतिलाई जोडेर आन्तरिक तथा बहिय पर्यटनको बिकास गर्न सकिने वताए ।

साहित्यकारहरुको भेलामा खाष्टे तालबाराही मन्दिर संरक्षण र संबर्दनमा योगदान पुर्याउनु हुने अग्रज ब्यक्तित्व स्व–बुद्विनाथ लामिछानेको धर्मपत्नि बिष्णु लामिछाने,लक्ष्मीभक्त बराल,पोष्टराज भण्डारी,रोहिणी प्रसाद अधिकारील,यदु लामिछाने र खेमराज बराललाई अभिनन्दन गरिएको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका सामाजिक बिकास शाखाबाट भजन किर्तन गरी धर्म संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले खाष्टे ताल बाराही मन्दिर धार्मिक बिकास समितिलाई बाध्यबाधनका सामाग्री हस्तानत्रण गरिएको थियो ।

खाष्टे ताल बाराही मन्दिर धार्मिक बिकास समितिका अध्यक्ष रेवती रमण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारले आ–आफ्नो रचना प्रस्तुत गरेको कार्यक्रमको संचालन धार्मिक बिकास समितिका सचिब तथा साहित्यकार इश्वर राज भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य स्वर्णीम महिला समुहकी अध्यक्ष निर्मला अधिकारीले गरेकी थिईन

सम्बन्धित खवर