क्षत्री समाज पोखरा महानगरको परिषद तथा वनभोज सम्पन्न

क्षत्री समाज पोखरा महानगरको परिषद तथा वनभोज सम्पन्न

क्षत्री समाज नेपाल पोखरा महानगर कार्यसमिति, कास्कीको महानगर परिषद तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडाका क्षत्री समाजका वडा समितिका पदाधिकारीहरु, शुभमिचन्तक, केन्द्रिय, प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

समाजको महानगर कार्यसमितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष रिब बहादुर थापाले सुस्ताएका समाजका गतिविधिहरुलाई गतिशिल बनाईएको बताए । उनले महानगर समिति पनि समाजलाई क्रियासिल र उन्नत बनाउन लागिपरेकोमा खुसी व्यक्त गरे ।

पोखराका ३३ वटै वडाका दाजुभाई दिदिबहिनीहरुलाई महानगर परिषदको अवसरमा एउटै थलोमा जम्मा पारेर परिषदको साधारण सभा, समाजका गतिविधि र वनभोजको कार्यक्रमले आत्मियता र एकताको प्रशंसनिय कार्य भएको बताए । सो अवसरमा थापाले समाजका सहस्यहरुको विवरण सफ्टवेरमा राख्नका लागि पहल भईरहेको बताए ।

केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाजका केन्द्रिय गतिविधि, संगठन बिस्तार, राज्यसंगका मागहरुमा बारेमा जानकारी गराए । उनले समाज हाल ६० बढी जिल्लामा बस्तिार भएको, ३ सय बढी नगर समितिहरु बनेका र पानँच सय वडा समितिहरु सक्रिय रहेको बताए । सो अवसरमा महासचिव थापाले विश्वभर छरिएर रहेका क्षत्रीहरुलाई समाजमा गोलवद्ध गर्ने काम भईरहेको बताउादै हालसम्म ११ वटा देशमा शाखाहरु बनिसकेको बताए ।

थापाले प्रतिनिधि सभाको निर्वाचन नजिकिएको बेलामा प्रत्यक्ष रुपमा समाज आफ्नो पोशाकमा संलग्न नहुने निति रहेकोले सचेतता अपनाउन सबैलाई अनुरोध गरे । तर अनौपचारिक रुपमा आआफ्नो मत जाहेर गर्ने र संलग्नता जनाउन भने सकिनेछ ।

कास्की अध्यक्ष दील बहादुर अधिकारी क्षत्रीले क्षत्रीहरु प्हिचानका लागि थालिएको संघर्ष जारिरहेको बताए । उनले यस धर्तिका सन्तान हामीहरु आदीवाििस हौं। उनले भने राज्यले हामीलाई विभेद गरिरहेको छ । हामी हाम्रो मागहरुबा बारेमा प्रष्ट छौं राज्यले हाम्रा कुराहरु सुन्नुपर्छ र माग पूरा गर्नुपर्छ ।

क्षत्री महिला समाज कास्कीका अध्यक्ष गंगा के.सी.देउजाले पोखरा महानगरका ३३ वटै वडाबाट एउटै थलोमा क्षत्रीहरुलाई ठूलो संख्यामा जम्मा पारेर भातृत्व प्रेम, एकताको सन्देश दिएको बताईन् ।
कार्यक्रममा लेखनाथ महोत्सवमा सहभागिता जनाई पुरस्कृत हुन सफल भएको वडा नं २६ का अध्यक्ष लिल बहादुर जिसीलाई प्रथम पुरस्कार रु ५ँ हजार र सम्मान प्रदान गरियो । वडा नं १५ र अध्यक्ष चीत्र बहादुर भण्डारीलाई दोश्रो पुरस्कार रु ३ हजार र वडा नं २९ र ज्योती बस्नेतलाई रु २ हजार तथा खादा लगाएर सम्मान गरियो ।
यस्तै महानगर परिषदमा उत्कृष्ट सहभागिताका लागि कृष्ण बहादुर थापालाई सम्मान गरियो ।

कार्यक्रममा ३३ वटै वडाहरुको महिलाको तर्फबाट वडा नं १३ की अध्यक्ष दुर्गा अधिकारी क्षत्री र पुरुषहरुको तर्फबाट वडा नं १७ का अध्यक्ष खम बहादुर के.सी.कार्यक्रम संयोजक देवी कुमारी पण्डित क्षत्रीले बोलेका थिए ।

सो अवसरमा अध्यक्ष कृष्ण बहादुर थापा र सचिव मोहन बहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।
यसअघि कार्यक्रममा सहभागिहरलाई समाजकी उपाध्यक्ष रेणु थापाले स्वागत गरेकी थिईन् भने संचालन सचिव मोहन बहादुर थापाले गरेका थिए ।

सम्बन्धित खवर