सरकार र दुर्गा प्रसाईंबिच भयाे सम्झौतापत्रमा हस्ताक्षर

सरकार र दुर्गा प्रसाईंबिच भयाे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडाैँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबिच भर्खरै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२७ बुँदे माग र सवालका विषयमा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

गत  कात्तिक २६ मा महाअभियानले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधवप्रसाद खतिवडाले मागपत्र बुझाउनुभएकाे थियाे ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राख्नुभयाे । शुक्रबार दिउँसोदेखि सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की लगायतकाे पनि सहभागिता थियाे ।

सम्बन्धित खवर