पथरी/ सहनशील महिला समाजको नयाँ नेतृत्व चयन भएको छ । पथरीशनिश्चरे ३ मा मुख्य कार्यालय रहेको समाजको अध्यक्षमा टंकमाया गौतम (राधिका) चयन भएकी हुन् । सोमबार समाजको १३ औं साधारण सभाले गौतमलाई अध्यक्षमा चयन गरेको हो ।

समाजको सचिवमा पुनम खतिवडा र कोषाध्यक्षमा सीता सुवेदीलाई चयन गरेको हो । सदस्यमा भला रेग्मी र यज्ञकुमारी सुवेदीलाई चयन गरिएकाे छ । विधानमा ५ जना निर्वाचित र उपाध्यक्ष र एक सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । साधारणसभामा पथरी शनिश्चरे ३ नम्बर वडाका अध्यक्ष विजय लिम्बू, पूर्व वडाअध्यक्ष डम्बर चेम्जोङ लगायतले शुभकामना दिएका थिए । साधारण सभा निवर्तमान अध्यक्ष यसोदा खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो । महिला समाज मोरङकै पुरानो संस्था हो ।
आफ्नै भवन भएको समाजले महिला र बालबालिकासँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ ।




