पथरी पथरी ११ फुटबल क्लब बेलबारीमा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा पथरी ११ फुटबल क्लबले धरान सिटी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता भने धरानले लिएको थियो । खेलको ५ औँ मिनेटमा धरान सिटीका मदन लाबुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि १२औँ मिनेटमा पथरी ११ का युकेश तामाङले बराबरी गोल गरे। दोस्रो हाफको ४६ औँ मिनेटमा पथरी ११ का मिक्सन दासले निर्णायक गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए। पथरी ११ का युकेश तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए। खेलको आयोजना संगम स्पोर्टिङ क्लब, बेलबारीले गरेको हो।




