पोखरा महानगरपालिका वडा नं २६ को बुढिबजारमा रहेको जल्धारे बचत तथा ऋण सहकारी सस्थाले आफनो १८ औ स्थापनामा २६ जना डाक्टर उपाधी गरेका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
स्थापना दिवसक कै अवसर पारेर सस्थाको नवनिर्मीत भवन अगाडी आईतवार राखिएको कार्यक्रममा सेयर सदस्यमा वा शेयर सदस्य भित्रका एकाघर परिवारबाट पाँच जना पि एच डी डक्टर र २१ जना मेडिकल डाक्टरहरुलाई सम्मान गरेको हो ।
आफनो स्थापना दिवसमा केही न की नयाँ कार्य गर्दै आएको सस्थाले यस वर्ष बाबु आमाले लगानी गरेर छोरा छोरीलाई उच्च तहसम्म पु¥याउन सफल भएको र उनिहरुले भोलीका दिनम यहि समाजका लागि उदाहरणीय काम गरुन भन्ने उदेस्यले पहिलो पटक डाक्टरी उपाधी गर्ने हरुलाई सम्मान गरेको सस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
कार्यक्रममा सस्थाका निर्वतमान अध्यक्ष श्रीकान्त ढुगानाले सहकारीका सात शिध्यान्तलाई आत्मसाथ गर्दै सामाजिक उत्तर दाईत्व अन्तरगत फरक शैलीले स्थापना दिवस मनाउदा सहकारीमा देखिएका समस्या समधान हुदै गएको शन्देस जाने विश्वास दिलाएका थिए ।
सोही अवसरमा सस्थाका सल्लाहकार मनोहरी ढुगाना,उपाध्यक्ष सारदा बराल,लेखा समितिका संयोजक जीवन ढुगाना,सम्मानितहरुको तर्फबाट डा.उदयराज ढुगाना,डा. जेसिका बराल र सस्थाका सचिव विचित्रनाथ ढुगाना लगाएतले कही समय अगाडी सस्थाका देखिएका समस्या समधान हुदै अव सस्था पुर्ववत अवस्थामा आएर आगामी आर्थीक वर्षमा वोनस दिन सक्ने हैसियत सस्थाले बनाएको जानकारी गराएका थिए ।




