केएफसीको २३औँ शाखा पोखरा चिप्लेढुङ्गामा सञ्चालनमा

केएफसीको २३औँ शाखा पोखरा चिप्लेढुङ्गामा सञ्चालनमा

 

विश्वप्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखराको चिप्लेढुङ्गास्थित सेलवेजमा आफ्नो २३औँ शाखा सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले बिहीबार उक्त आउटलेटको औपचारिक उद्घाटन गरेको हो ।

सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग तथा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले संयुक्त रूपमा आउटलेट उद्घाटन गरेका हुन् । यससँगै पोखरामा केएफसीको दोस्रो आउटलेट सञ्चालनमा आएको छ ।

नयाँ शाखा पोखराका चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ । ‘विश्वमै उत्कृष्ट चिकेन’को पहिचान बनाएको केएफसीले हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर तथा केएफसी बकेटजस्ता लोकप्रिय परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहका अनुसार चिप्लेढुङ्गा शाखाबाट १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशभर केएफसीका आउटलेटमार्फत ४ सयभन्दा बढीले रोजगारी पाएका छन् ।

उद्घाटनको अवसरमा शुक्रबार विशेष छुटको व्यवस्था गरिएको छ । आउटलेट दैनिक बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । सीएफओ शाहले सेलवेजसँगको सहकार्यमा खुलेको यो शाखा नेपालकै पहिलो भएको जानकारी दिए ।

केएफसीले सन् २००९ मा नेपालमा प्रवेश गरेको थियो भने पोखराको लेकसाइडमा सन् २०१७ मा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो । कम्पनीले सन् २०२५ डिसेम्बरसम्म देशभर २५ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य लिएको शाहले बताए ।

नयाँ शाखा सञ्चालनसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा ‘केएफसी सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ । केएफसीले समय–समयमा विभिन्न आकर्षक अफरहरू ल्याउने गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित खवर