नेशनल लाईफका अभिकर्तालाई स्कुटर सहित सम्मान

नेशनल लाईफका अभिकर्तालाई स्कुटर सहित सम्मान

पथरी

नेशनल लाईफ इन्स्युरेन्स कम्पनि अन्तर्गत अभिकर्ताको रुपमा कार्यरत गीता कार्कीले उत्कृष्ट कार्य सम्पादन गर्दै यामाहाको स्कुटर उपहार प्राप्त गर्नुभएको छ्। वर्ष २०२५ मा उत्कृष्ट कार्यसम्पादन गर्दै पथरीशनिश्चरेकि अभिकर्ता कार्कीले सो स्कुटर प्राप्त गर्नु भएको हो।

 

लिडर स्किम अन्तर्गत लिडर मनोज थापा मगर र उहाँको टिमले आफ्नो मातहतका अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सो स्किम जारी गर्नु भएको थियो। स्किम अन्तर्गत MDRT प्राप्त गर्ने अभिकर्तालाई स्कुटर उपहार दिने लिडरहरुको प्रतिबद्दता अनुरुप आज एक कार्यक्रमका बिच सो उपहार प्रदान गरिएको हो।
उपहार वितरण कार्यक्रममा कम्पनिका कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार राई, पथरी शाखा प्रमुख रवीन्द्र लिङ्दम, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर