नगरस्तरीय सुन्दर अक्षरको प्रतिस्पर्धा : यी हुन् संस्थागततर्फका १६ प्रतिभाहरू

नगरस्तरीय सुन्दर अक्षरको प्रतिस्पर्धा : यी हुन् संस्थागततर्फका १६ प्रतिभाहरू

पेगाेडा माेडलबाट तीनजना प्रथम

पथरी/ मोरङकाे पथरीशनिश्चरे–२ मा रहेकाे उत्साही साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न ‘भुवनेश्वर+अम्बिकादेवी हस्तलेखन प्रतियोगिता २०८२’ मा नगरका संस्थागत (निजी) विद्यालयहरूबिच कडा प्रतिस्पर्धा देखिएको छ। संस्थागततर्फका चार समूहमध्ये तीन विधामा प्रथम स्थान हासिल गर्दै पेगोडा मोडेल स्कुल अगाडि बढेकाे छ।

प्रतियोगिताको लेखन चरण गत शुक्रबार सम्पन्न भएको थियो भने विजयी विद्यार्थीहरूलाई सोमबार पञ्चायत माविको केन्द्रमा आयोजित एक विशेष समारोहका बिच पुरस्कृत गरिएको छ।

संस्थागत विद्यालयहरूको प्रतिस्पर्धामा पेगोडा मोडेल स्कुलबाट कक्षा ५ छात्रतर्फ निश्चल तामाङ, कक्षा ६ छात्रतर्फ भाष्कर फुयल र कक्षा ६ छात्रातर्फ सविना खड्काले प्रथम स्थान हासिल गरेका छन्। एउटै विद्यालयले तीनवटा समूहमा प्रथम स्थान जितेपछि निजी विद्यालयको समूहमा पेगोडाको राम्राे चर्चा छ।

समूहगत नतिजाकाे विवरण

संस्थागत विद्यालयतर्फका अन्य विजेताहरूको नामावली यस प्रकार रहेको छ:

कक्षा ५ छात्रातर्फ: यस विधामा ग्रेटग्रेस बोर्डिङ स्कुलकी सुहानी लिम्बू प्रथम हुन सफल भइन्। त्यस्तै, पेगोडा मोडेल स्कुलकी इशा गौतम द्वितीय, वाल्मीकि मेमोरियल स्कुलकी सुहाङ्मा लिम्बू तृतीय र रेडस्टार स्कुलकी देवस्मिता भट्टराईले सान्त्वना स्थान प्राप्त गरे।

कक्षा ५ छात्रतर्फ: पेगोडा मोडेलका निश्चल तामाङ प्रथम भए। रेडस्टार स्कुलका निश्चल लिम्बू द्वितीय, जुनतारा स्कुलका अभिषेक घिमिरे तृतीय र सुपर्ब मोडेल स्कुलका दर्पण खड्काले सान्त्वना पुरस्कार जिते।

कक्षा ६ छात्रातर्फ: पेगोडा मोडेलकी सविना खड्का प्रथम भइन् । वाल्मीकि स्कुलकी कृष्मा राई द्वितीय, ग्रेटग्रेस स्कुलकी अन्जुम लिम्बू तृतीय र सुपर्ब मोडेलकी निर्वाका अधिकारीले सान्त्वना स्थान हासिल गरे।

कक्षा ६ छात्रतर्फ: पेगोडा मोडेलका भाष्कर फुयल प्रथम हुँदा रेडस्टार स्कुलका प्रज्वल थापा द्वितीय भए। त्यसैगरी डनबस्को स्कुलका आयुष मण्डल तृतीय र अरुणोदय स्कुलका न्यारिश राई सान्त्वना हुन सफल भए।

सहकारीको शैक्षिक अभियान

उत्साही साना किसान कृषि सहकारी संस्थाले ‘भुवनेश्वर+अम्बिकादेवी हस्तलेखन प्रवर्धन कोष’ मार्फत विगतका वर्षहरूदेखि नै विद्यार्थीहरूको लेखन सिप विकासका लागि यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।

नगरपालिकाका ४ वटा केन्द्रमा सञ्चालित प्रतियोगितामा १४१ विद्यार्थी सहभागी थिए। उत्साही साना किसान संस्थाकी अध्यक्ष विन्दु राइकाे अध्यक्षतामा पुरस्कार वितरण  कार्यक्रम सम्पन्न भयाे ।  सामुदायिक विद्यालयकाे पनि विभिन्न समूहसहित छुट्टै नतिजा सार्वजनिक गरिएकाे छ ।

हिजोको पुरस्कार वितरण कार्यक्रमसँगै  प्रतियोगिताकाे यस वर्षकाे संस्करण पनि  सफलतापूर्वक समापन भएको छ। ‘भुवनेश्वर+अम्बिकादेवी हस्तलेखन प्रवर्धन कोष’ मार्फत विगत लामो समयदेखि विद्यार्थीहरूको लेखन सिप विकासका लागि बर्सेनि  यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना हुँदै आएका छन्। (केशव भारद्वाजबाट)

सम्बन्धित खवर