वाल्मीकि मेमोरियलका दुई तारा : ४ जीपीए ल्याउने आयुश्मा र निश्चल विराटनगरमा सम्मानित

वाल्मीकि मेमोरियलका दुई तारा : ४ जीपीए ल्याउने आयुश्मा र निश्चल विराटनगरमा सम्मानित

पथरी/ विराटनगरस्थित संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभाको अवसरलाई शैक्षिक उत्सवको रूपमा मनाएको छ। सहकारीले सदस्य विद्यालयहरूबाट शैक्षिक वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरेको हो ।

बिराटनगरमा आयोजित एक भव्य समारोहका बिच सहकारीले विद्यार्थीहरूको मिहिनेतको कदर गर्दै उनीहरूलाई नगद पुरस्कार र प्रशंसा-पत्रले सम्मानित गरेको छ।

वाल्मीकि मेमोरियलका आयुश्मा र निश्चल सम्मानित

यस वर्षको सम्मानको मुख्य आकर्षण विराटनगरबाहिरबाट पथरीकाे वाल्मीकि मेमोरियल आवासिय माध्यमिक विद्यालयका दुई मेधावी विद्यार्थीहरू बनेका छन्। SEE परीक्षा २०८१ मा जिल्ला राजधानीभन्दा बाहिरबाट एकै पटक २ जनाले ४ जिपिए ल्याएर सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल वाल्मीकिका विद्यार्थीद्वय आयुश्मा दाहाल र निश्चल न्यौपानेलाई संस्थाले उच्च प्रशंसासहित  सम्मान गरेको हाे। समारोहमा उपस्थित अतिथिहरूले उनीहरूको उपलब्धि केवल ग्रामीण विद्यालयको मात्र नभई समग्र जिल्लाकै गौरव भएको उल्लेख गरे। जिल्लाकाे राजधानीबाहिरबाट समेत उत्कर्षमय लक्ष्य प्राप्त गरेकामा  संस्थाले उनीहरूको उच्च शैक्षिक क्षमताको प्रशंसा गरेको थियाे ।

प्रोत्साहनले ल्याउँछ परिवर्तन

संस्थागत विद्यालय बचत तथा ऋण सहकारीले विगत लामो समयदेखि आफ्ना सदस्य विद्यालयका विद्यार्थी र शिक्षकहरूको हितमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। १५औँ वार्षिक साधारणसभाको सन्दर्भमा गरिएको यो सम्मानले अन्य विद्यार्थीहरूमा पनि प्रतिस्पर्धात्मक भावना र उत्कृष्ट नतिजा ल्याउनमा थप ऊर्जा दिएकाे वाल्मीकिका प्रिन्सिपल चन्द्रप्रसाद दुलालले बताउनुभयाे । सहकारीले आगामी दिनमा पनि शिक्षा र विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सम्मानित विद्यार्थीहरू आयुश्मा दाहाल र निश्चल न्यौपानेलाई उनीहरूको यो ऐतिहासिक सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै उच्च शिक्षाको यात्रा अझ सफल र सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ। (केशव भारद्वाज)

सम्बन्धित खवर