पथरी-११ टाइब्रेकरमा विजयी

पथरी-११ टाइब्रेकरमा विजयी

पथरी, मोरङको केराबारीमा मंगलबारबाट दोश्रो सतिसाले गोल्डकप सुरु भएको छ । उदघाटन खेलमा पथरी ११ फुटबल क्लब बिजयी भएको छ ।


सुनसरीको पानबारी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पथरी–११ फुटबल क्लब विजयी भएको छ । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

खेलको अग्रता पथरी–११ ले लिएको थियो। खेलको पहिलो हाफको १६औँ मिनेटमा पथरीका सन्जय लिम्बुले वान भर्सेज वान अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए। दोस्रो हाफको ५०औँ मिनेटमा पानबारीका दोर्जे तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। उनको पहिलो प्रहार पोलमा लागेर फर्किए पनि रिबाउण्ड बललाई जाली चुमाउँदै खेल बराबरीमा ल्याएका थिए।

निर्धारित समयमा दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पथरी–११ का मन्जिल खडका, सौर्य राउत, धिरेन बिष्ट, युकेश तामाङ र सन्जय लिम्बुले गोल गरे। पानबारीका दोर्जे तामाङ, मिलन चाम्लिङ राई, बिबेक राई र बिनोद राईले गोल गरे पनि अफ्रिकन खेलाडी अवेयामी फाल्कुनेको प्रहार पथरीका गोलकिपर समीर क्षेत्रीले बचाएका थिए।

उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर समीर क्षेत्री खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

पुष १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगितामा कास्की सहित सुनसरी र मोरङका गरी ८ वटा टिमको सहभागिता रहेको छ। बिजेताले २ लाख र उपबिजेताले १ लाख रुपया प्राप्त गर्ने छ । बुधबार बेतना फुटवल क्लब बेलबारी र न्यु स्टार क्लब बराहक्षेत्र प्रतिष्पर्धा गर्ने छन ।
केराबारी स्थिती सतिसाले खेल मैदानमा सुरु भएको गोल्डकपको उदघाटन पुर्व खेलकुदमन्त्री डिग बहादुर लिम्बुले गरेका थिए ।

सम्बन्धित खवर