पथरी/पथरी शनिश्चरे–१० स्थित श्री हिरक आधारभूत विद्यालयमा आज स्काउटिङ कार्यक्रमलाई विस्तार र थप सक्रिय बनाउने उद्देश्यसहित विद्यार्थी तथा अभिभावकलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत स्काउटिङको महत्व, अनुशासन, नेतृत्व विकास तथा सामाजिक सेवामा यसको भूमिकाबारे जानकारी दिइएको थियो। अभिमुखीकरण कार्यक्रमकाे सहजीकरण नेपाल स्काउट पथरीशनिश्चरे नगरपालिकाका प्रमुख अायुक्त राेशन बुढाथाेकीले गर्नुभयाे ।
प्रत्यक्ष उपस्थित भई कार्यक्रमलाई हौसला प्रदान गर्नु भएका पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का वडा अध्यक्ष जीवन खतिवडाले स्काउटिङले बालबालिकामा सकारात्मक सोच, जिम्मेवारीबोध र नागरिक चेतना विकास गर्ने बताउनुभयाे ।
कार्यक्रम पथरीशनिश्चरे नगरपालिका शिक्षा तथा युवा खेलकुद् शाखाकाे सहयोग र समन्वयमा भएकाे थियाे ।




