हिंसाविरुद्ध डिजिटल कवच : पथरी शनिश्चरेमा १६ दिने अभियानको सार

हिंसाविरुद्ध डिजिटल कवच : पथरी शनिश्चरेमा १६ दिने अभियानको सार

–केशव भारद्वाज

पथरी/मोरङको पथरी शनिश्चरे नगरपालिकाले ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ लाई अर्थपूर्ण निष्कर्षमा पुर्‍याएको छ। नगरपालिकाको सभाहलमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने शक्तिशाली मूल नाराका साथ सम्पन्न अभिमुखीकरण कार्यक्रमले समाजमा व्याप्त दुई महत्त्वपूर्ण चुनौतीहरूलाई एकै ठाउँमा जोडेको छ:– परम्परागत घरेलु हिंसा र आधुनिक साइबर हिंसा ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा आयोजित यस कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख तुलसीराम अर्यालले ‘घरेलु हिंसा’ र लागूऔषधको भयावह पाटोमाथि प्रकाश पार्नुभयाे भने सामाजिक विकास शाखा प्रमुख ताराप्रसाद ढकालले वर्तमान समयको जल्दोबल्दो विषय ‘महिलामाथिको साइबर हिंसा’ बारे विस्तृत प्रस्तुति दिनुभयाे ।

वडा नम्बर १ का अध्यक्ष भीमकुमार राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी आचार्य लगायतको उपस्थिति रहेको यो भेला केवल १६ दिने अभियानको समापन थिएन, यो त नगरका प्रधानाध्यापक, विद्यार्थी, वडा सदस्य र आम वडावासीहरूलाई प्रविधि साक्षरताको माध्यमबाट लैङ्गिक समानता र सुरक्षित समाज निर्माणका लागि प्रतिबद्ध बनाउने एउटा सामूहिक सङ्कल्प थियो ।

सम्बन्धित खवर