पथरी (मंसिर १६) / पथरी शनिश्चरे नगरपालिकामा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

नगर उप–प्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभएकाे थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य कार्यालय मोरङका शेखर यादवले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगरपालिकाको स्वास्थ्यका कार्यक्रमहरूको स्वास्थ्य अधिकृत बारेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरले आफ्नो राख्नुभएको थियो ।

यसैगरी नगरका आधारभूत स्वास्थ्य केन्द्रहरुको पनि वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । जनस्वास्थ्य अधिकृत एकराज खत्रीले सञ्चालन गर्नुभएको सो गोष्ठीमा वडाध्यक्षहरु उद्धवराज बस्नेत, नैना राई, वीरबहादुर राई, जीवन खतिवडा, लोककिरण न्यौपाने, कार्यपालिका सदस्य, नगरका आधारभूत स्वास्थ्य केन्द्रका फोकल पर्सनहरु र नगरका निजी अस्पतालका सञ्चालकहरूको उपस्थिति रहेको थियो ।





