नगर कार्यपालिका सदस्य कार्कीको निधन, आइतबार शोक विदा

नगर कार्यपालिका सदस्य कार्कीको निधन, आइतबार शोक विदा

संखुवासभा, धर्मदेवी नगर कार्यपालिकाकी सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण शनिबार बिहान निधन भएको छ। नगरपालिकाको वडा नम्बर–८ निवासी कार्कीको आकस्मिक निधनले स्थानीय समुदाय शोकमा डुबेको छ।

कार्कीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख उदयचन्द्र पौडेलले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले कार्कीको असामयिक निधन नगरपालिकाका लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।

कार्कीको सम्मानमा नगरपालिकाले आइतबार एक दिनका लागि शोक विदा घोषणा गरेको छ। सोदिन नगरपालिका कार्यालय, विभिन्न शाखा, स्थानीय संघ–संस्था तथा विद्यालयमा आकस्मिक सेवा बाहेकका सबै काम बन्द रहने नगरपालिकाले जनाएको छ । स्थानिय समुदायले कार्कीको योगदानलाई स्मरण गर्दै शोक व्यक्त गरेका छन्।

सम्बन्धित खवर